तालिवानले सत्ताच्युत गरेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।
घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ ।
युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको प्रष्टिकरण दिएका छन् ।
आफु अफ्गानिस्तान फर्किनको लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गरेका छन् ।
आफुले अफगानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षिय घानीले अस्विकार पनि गरेका छन् ।
आफू अवस्था सहज भएमा अफगानिस्तान फर्कने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया