देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्षिमेकी राष्ट्रका सुरक्षाकर्मीबाट भएका दुई हत्या

देशान्तर

बिगत ६१ वर्षको दौरानमा नेपाली कांग्रस (नेका)का दुई सभापतीहरूले देश संचालनको अभिभारा बहन गर्दा दुई नेपाली (सुबेदार बम प्रसाद तथा जयसिंह धामी) को क्षिमेकि दुई राष्ट्रका सुरक्षाकर्मीबाट हत्या भयो । जुन २८, १९६० का दिन बमप्रसादको हत्या चीनिया पिपुल्स लिबिरेशन आर्मी (पीएलए) को गोलीद्वारा भएको थियो । उक्त काण्डलाई मुस्ताङ्ग घटना भनिन्छ । छ दशक पछि जुलाई ३०, २०२१ का दिन दार्चुला जिल्लाको ब्यास गाउँपालिमा तुइनमा झुन्डिएर महाकाली नदी पार गर्दै गर्दाको अबस्थामा जयसिंह धामी मारिए । धामीको हत्या गस्तीमा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले टुढीको रुखमा बाँधिएको फलामे डोरी फुस्काइदिदा उर्लीएको महाकाली नदीमा खसेर भएको थियो । जयसिंह धामीको शरीर हालसम्म फेला परेको छैन । दोस्रो घटनालाई दार्चुला घटना भन्न थालीएको छ ।

दार्चुला घटना

धामी प्रकरणका तीन प्रत्यक्षदर्शीहरू (बीरसिंह धामी, बिक्रम रंकोली तथा अनीता धामी) छन् । घटनाको बिबरण अनुसार उक्त दिन (जुलाई ३०) तुइनको माध्यमले महाकाली नदी तर्न पुगेका ७ मध्य ४ ले नदी तरिसकेका थिए । चौथो व्यक्ति नदी पार गर्दैगर्दा एसएसबी जवानले रुखमा बाँधेको तुइनको तार फुस्काउन लागेको देखेर वारीबाट उपस्थित तीन जनाले नदी पार नगरुन्जेल डोरी नछुटाइदीन आग्रह गरे । जयसिंह धामीले पारी गएर एसएसबी जवानलाई अरु दुईले नदी नतरुञ्जेलसम्म डोरी नछुटाई दिन आग्रह गर्दै तुइनमा झुन्डिएका थिए । पचास मिटर दुरी रहेको नदीको पारीपट्टी पुग्नै लागेको समयमा डोरी छुटाइयो । धामी उर्लीएको महाकालीमा खसे । तुइनको डोरी फुस्काउने जवानलाई तुइन संचालक बीरशिंह धामी तथा अन्य दुईले चिनेका छन् ।

घटना घटेको भोलीपल्ट (जुलाई ३१) दार्चुलाका नेपाल प्रहरी र शसस्त्र प्रहरी घटना स्थलतर्फ गयो । दोश्रो दिन (अगष्ट १) गृहमन्त्रीले गृहमत्रालयको सह सचिब जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय (प्रहरी नायब निरक्षक पुरुषोत्तम कडेल, राष्ट्रीय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक हुतराज थापा, शसस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी साहायक प्रमुख जिल्ला अधिकारी ज्वोत्सना जोशी भट्ट) अनुसन्धान समिती गठन गरेको घोषणा गरे । गृहमन्त्रीले संघीय संसदलाई उक्त अनुसन्धान टोलीले दश दिन भित्र सत्य/तथ्य पत्ता लगाएर प्रस्तुत गरेको अनुसन्धान प्रतिबेदन प्राप्त भएपछि ‘औपचारीक कार्य अगाडि बढाउने’ आश्वासन दिएका छन् । अनुसन्धान टोली घटना घटेको ४ दिन पछि दार्चुला पुग्यो । स्थानीय सुरक्षाकर्मी, प्रशासन, जन प्रतिनिधी लगायत सीमापारीका भारतीय प्रसासकिय एबं सुरक्षा अंगका प्रतिनिधीहरूको सहयोगमा कार्यरत छ । दश दिनमा अनुसन्धान प्रतिबेदन प्रस्तुत गर्ने योजनालाई सात दिन लम्बाइएको छ । बगेका धामीको खोजीमा खटिएका ‘डोरन’ टोलीलाई भारतीय पक्षले आफ्नो सिमाना प्रबेशमा रोक लगाएको छ ।

नेपाल–भारत सीमाबर्ती क्षेत्रमा एसएसबी जवानहरुले नेपालीलाई दुव्र्यवहार गर्दै आएका खबरहरू प्रसारित हुँदै आएका छन् । बिगतमा उनीहरूले सीमा अतिक्रमण गरेर नेपाली नागरीकलाई बल प्रयोग गरेका घटनाहरु पनि प्रकाशमा आउने गरेका थिए । बर्दीसहीतका एसएसबी जवानले बिना आधारिकता नेपाली सीमानाभित्र प्रबेस गरेर नागरीकलाई सीमा पारी घिच्याउदै लैजाने गरेका घटनाहरु पनि प्रसारण भएका हुन । त्यस्ता घटनाका बिरोध स्थानीय स्तरमै सीमित हुने गर्दै आएको छ । जिल्ला प्रशासक अथवा प्रहरी अधिकारीले सिमापारी गएर समकक्षिसँग संबाद गरेर बिरोध जनाएको समाचारहरु प्रसारण पनि हुने गरेका छन्, बेला बखतमा । भारतीय सुरक्षाकर्मीबाट गरिएको मानबिय क्षति भएको दार्चुला घटना प्रथम हो ।

मुस्ताङ्ग घटना

नेपाली कांग्रेसका सभापति बीश्वेरप्रसाद कोइराला (बी.पी)ले प्रधानमन्त्री पद ग्रहण गरेपछि चीन सरकारले पाँच बिषयहरू उठान गरेको थियो । ति हुन सगरमाथामा चीनको स्वामित्व, दुई देश बीचको सिमांकन, चीन नेपाल मैत्री तथा एक–आपसमा सैन्य हस्तक्षेप नगर्ने सन्धी, दुबै देशको राजधानीमा दुताबास कायम गर्ने तथा तिब्बत काठमान्डौं जोड्ने सडक निर्माण। नेपाल–चीन बीच सीमा बिबाद समाधान नहुन्जेलसम्मका निमित्त सिमाबर्ती क्षेत्रको २० किलोमिटर भूभागमा सैनिक तैनाथ नगर्ने सहमती कायम भएको थियो, बीपीको चीन भ्रमणका क्रममा ।

जुन २६, १९६० का दिन मुस्ताङ्गे राजाले भारतीय चेकपोष्ट (नेपाल–चीन सिमानामा १८ भारतीय सैनिक चेक पोष्ट स्थापना गरीएको थियो)को वायरलेस मार्फत श्री ५ को सरकारलाई चीनिया फौजले नेपाली सीमाना उलंघन गरेको हुनाले तुरुन्त ५०० सैनीक पठाउन आग्रह ग¥यो । सोही दिन दिल्लीस्थित नेपाली राजदुत (जनरल दमनशमसेर राणा)लाई भारत तथा नेपालका निमित्त चीनिया राजदुत (प्यांग चु ली)ले तिब्बती शसस्त्र बिद्रोहीलाई चीनिया फौज (पीएलए) ले कारवाही गर्नु परेको हुनाले २० कीलोमिटर सिमा क्षेत्रमा सैन्य गतीबिधी नगर्ने सम्झौता उलंघन गर्नुपरेको समाचार सुनाएका थिए । चीनियाँले गरेको एक पक्षिय निर्णयबारे नेपाली राजदूतले श्री ५ को सरकारलाई खबर पठाए । चीनिया फौजले नेपाली सीमा उलंघन गरेको बुझ–बुजारथका निमित्त दोश्रो दिन (जुलाई २६) गृहमन्त्रालयले नेपाली शुरक्षाकर्मीका केही जवान सम्मीलित, सिमा भन्सार कार्यालय कर्मचारी, स्थानीय बासिन्दा तथा सीमा रेखांकन सम्बन्धी जानकार ब्यक्ति सम्मीलित १७ सदश्य टोलीलाई बिना बर्दी र हातियार सीमा निरीक्षणका निमित्त खटायो । नेपाली टोलीले चीनसँग गरिएको संझौता अनुरुप हतियारबन्द सैनिकलाई सीमा क्षेत्रको अबस्था बुझ्न खटाएको थियो । नेपाल–चीन सिमानातर्फ जादै गरेको टोलीलाई ३०० गज जती नेपाली सिमाना प्रबेश गरिसकेको चिनिया फौजले गोली चलायो । उक्त गोलाबारीमा सुबेदार बमप्रसादले वीरगति प्राप्त गरे अनि एक आर्को ब्यक्ति घाइते भए । मृतक बमप्रसाद, तथा घाइते ब्यक्तिलगायत अन्य ९ जनालाई चीनिया फौजले आफ्नो कब्जामा लियो । टोलीका छ सदस्य भाग्न सफल भए । कब्जामा लिएको मृतक बमप्रसादको लास तथा अन्यलाई पीएलएले तिब्बत क्षेत्र लग्यो । कब्जामा लिएको नेपाली टोली सदस्यलाई चीनियाहरूले केरकार गर्ने तथा कागजहरूमा सही छाप गर्न लगाए ।

माथि उल्लेख गरिएको घटना बिबरण न्युयोर्क टाइम्सले सोही दिन छाप्यो । घटना बिबरण सरकारलाई प्राप्त हुँदा साथै प्रधानमन्त्री बीपी कोइरालाले समकक्षी चीनिया प्रधानमन्त्री चाउयानलाई कडा शब्दमा बिरोधपत्र लेखेर दिल्लीस्थित नेपाली राजदुताबासमार्फत चीनिया राजदूतलाई हस्तान्तरण गर्ने आदेश दिए । नेपाली प्रधानमन्त्रीको लिखीत पत्र प्राप्त गर्दा साथै बिना बिलम्ब दोश्रो दिन (जुलाई ३०) चाउ यान लाईले बीपीको पत्रको उत्तर पठाए । चीनिया प्रधानमन्त्रीले बीपीको पत्र प्राप्त गर्नु पूर्व अन्तर्राष्ट्रिय संचार माध्यमबाट चीनिया सरकारले उक्त घटनाको सूचना पाएको हुनाले तात्कालै छानबिन प्रकृया शुरु गरेको जनाउँदै चिनिया सिमाना प्रबेश गरेको नेपाली टोलीमाथि पीएलएले गल्ती बस गोली चलाउदा उक्त दुर्घटना घटेको ब्यहोरा उल्लेख गरेका थिए । प्रतिउत्तरमा प्रधानमन्त्री कोइरालालेले उक्त घटना नेपाली सिमाना भित्र भएको, मृतकको लास सुपुर्द तथा तिनको परीवारलाई क्षतिपूर्ती, गिरफ्तार गरीएका नेपालीहरूको तुरुन्त रिहाइ लगायत यस प्रकारको अपृय घटनाहरु नदोह¥याउने आस्वासनको माग गरे । चाउ एन लाईले प्रतिउत्तरमा बिना कुनै संकोच घटनाप्रति खेद प्रकट गर्दै क्षमायाचना गरेका छन् । तिनले नेपालले माग गरिए बमोजीम क्षतिपूर्ति स्वरुप रकम रु. ५० हजार दिने, मृतकको लास, सोधपुछ सम्बन्धी कागजात तथा दस बन्दीहरूलाई ससम्मान सिमाना पारी रहेको नेपाल सरकारका प्रतिनिधिलाई सुम्पने बाचा गरेका छन् । सान्दर्भीक भएको हुनाले हेक्का रहोस चीनले उक्त घटना नेपाली भुमीमा घटेको बास्तबिकतालाई स्विकरेन । चाउ एन लाइले बीपीलाई अनुरोध गरेका छन्, नेपाली पक्षको सबै मागहरूलाई चीनिया पक्षले स्वीकारेको हुनाले यस घटनालाई अघि बढाउँदा दुबै पक्षलाई फाइदा हुदैन । तिनको आग्रहलाई बीपीले पनि स्वीकारेर पत्राचार गरेका थिए ।

बीपीले काठमाडौंस्थित चार राजदुतहरु (अमेरिकी, भारतीय, बृटिस तथा सोभियत युनियन) लाई बोलाएर घटनाका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । बीपीको नेतृत्वको सरकारले जुन सुझबुझ प्रदर्शन गरेर उक्त घटनाको समाधान ग¥यो त्यसको काठमान्डूस्थित बृटिस राजदुतले आफ्नो सरकारलाई गरेको पत्राचारबाट थाहा हुन्छ । त्यसैगरी जुन ३० मा प्रकाशित बृटिश दैनिक दी गार्डेनले प्रथम पटक चीनिया सरकारलाई आफ्नो गल्ती स्वीकार्न बाध्य तुल्याएकोमा नेपाली नेताको प्रशंसा गरेको थियो ।

उक्त घटनालाई चीनले नियोजित रुपमा गरेको थियो (नेपाल सरकारको नारी/कडी छाम्नका निमित) अथवा चाउ येन लाई ले आफ्नो पत्रमा उल्लेख गरे जस्तै स्थानीय स्तरको पीएलएले गरेको गल्तीको परिणाम थियो, इतिहासको गर्भमा लुकेको छ । यस घटना घट्दा वा समाधान गरीदा राजा महेन्द्रको कुनै संलगनता थिएन । किनभने त्यतिबेला राजा जापान–अमेरिका भ्रमणमा थिए ।

कुनै पनि सरकारले बिगतमा घटेका घटनाबाट शिक्षा लिने गर्दछ । कमल चित्रकार दिक्षित, सुर्यप्रसाद उपाध्याय प्रभाबित तथा बीशेश्वरप्रसाद कोइरालाका अनुयानी प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्ताङ्ग घटनाबाट के कति शिक्षा लिए दार्चुला घटनाप्रति उनले प्रदर्शन गरेको तदारुकताले प्रतिबिम्बित गर्दछ ।

माथी उल्लेख गरीए जस्तै मुस्ताङ्ग घटना जस्तै जस्तै दार्चुला घटना पनि सुनियोजीत थियो थिएन त्यसको एकीन गर्न कठीन छ । निश्चित चाही सुबेदार बमप्रसादको हत्या चीनीया सुरक्षाकर्मीको गोलीले भएको थियो भने जयशिंह धामीको हत्या भारतीय सीमा सुरक्षा बलका जवानले तुइन डोरी फुकालेका कारण भएको थियो । गोली चलाउने चीनिया पीएलए जवानको पहिचान अपरीचित भएपनि एसएसबी जवानको छैन् ।

(यस लेखमा उल्लेख गरीएको मुस्ताङ्ग घटनाको मूल श्रोतहरूLeo E. Rose  द्वारा लिखित Nepal Strategy for Survival, Sam Cowan को Essays on Nepal Past Present  तथा Giri lal Jain को China Meets India in Nepal भने दार्चुला घटनाको बारेमा केही दिन यता प्रकाशित नेपाली दैनिकहरू ।)