काठमाडौँ – शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७२४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ ।
शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर ९इएमएससी० ले आइतबार सो कुरा बताएको हो । ग्रीनवीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर ९२५ माइल० ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
शनिबारको भूकम्पमा परी ७२४ जनाको मृत्यु भएको, करिब एक २८ सय घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् ।
हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।
प्रतिक्रिया