देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तालिबानलाई सत्ता हस्तान्तरण गरिने

देशान्तर

अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन्। आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका छन्।

उनले अब अन्तरिम सरकार गठन हुने बताए। उनले भिडियोमा भनेका छन्, काबुलमा कुनै पनि प्रकारको हिंसा हुने छैन। तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिनेछ।

शनिबार मात्र राष्ट्रपति घानीले जनतामाथि युद्धको भार थप्न नदिनेु बताएका थिए। टेलिभिजनमार्फत एक रेकर्डेड सन्देश सार्वजनिक गर्दै घानीले अफगानिस्तानले पछिल्ला २० वर्षमा जे हाँसिल गरेको छ, त्यो उपलब्धि हराउन नदिने बताएका थिए।

हामी अफगानिस्तानको थप हत्यालाई अनुमति दिने छैनौं, न त हामी सार्वजनिक सम्पत्तिलाई थप विनाश गर्न दिनेछौु, उनले भनेका थिए। राष्ट्रपतिले अफगानी जनताहरू आफ्नो भविष्यको लागि चिन्तित रहेको बताएका छन्।

शनिबार दिउँसो सरकारी टेलिभिजन मार्फत देशलाई सम्बोधनका क्रममा पदबाट राजीनामा गर्ने अनुमान पनि चलिरहेको थियो। तर उनले राजीनामा दिएनन्। उक्त भिडियो सन्देश सार्वजनिक गरेको २४ घण्टा नबित्दै तालिबानले काबुलको चारैतर्फ घेरिसकेका छन्। तालिबानका लडाकु शहरभित्र पुगिसकेको बिबिसीले जनाएको छ।