देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति कोइरालाको निधनले मुलुकलाई अपूरणीय क्षति– पौडेल

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताएका छन् ।

कोइराला निवास महाराजगन्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सभापति कोइराला लोकतान्त्रिक मूल्य मान्यताप्रति आफ्नो दृढ अडान र अविचलित मान्यता राखी पछिल्लो समय मधेस आन्दोलनलाई सहमतिमा रुपान्तरण गर्ने काममा क्रियाशील रहँदै आउनुभएको उल्लेख गरे ।

कोइरालाको निधनबाट आफू अत्यन्त दुःखित र मर्माहत भएको जनाउँदै उपसभापति पौडेलले देश, जनता र लोकतन्त्रका लागि उहाँले दिनुभएको योगदान महत्वपूर्ण रहेको बताए ।

“उहाँको सपना पूरा गर्ने दायित्वलाई हामी सबैले मिलेर पूरा गर्नेछौँ । उहाँकै नेतृत्वमा नेपाली काँग्रेस सरकारमा रहँदा सात दशकदेखि नेपाली जनताले संविधानसभाबाट संविधान बनाउने कार्यको नेतृत्वदायी जिम्मेवारी पूरा भएको छ, अब, संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको छ” – उनले भने ।

संविधान निर्माणको नेतृत्वकर्ता कोइरालाको सपना साकार पार्ने अठोट गर्दै उपसभापति पौडेलले लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र समाज रुपान्तरणको जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने प्रतिबद्धता जनाए ।

विपत्तिको घडीमा काँग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सबै नेपाली जनताप्रति संयम र धैर्य रही परिस्थितिको सामना गर्न उनले आग्रह गरे ।

 

]]>