देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारको पालामा ९७ लाख डोज मात्र खोप आएको हो : स्वास्थ्य राज्यमन्त्री

देशान्तर

काठमाडौं । सरकारले नेपालीका लागि करिब ५ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएको छ । प्रतिनिधिभासको  बिहीबारको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमा सरकारका तर्फबाट बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका हुन् ।

‘नेपालीका लागि ५ करोड ५० लाख डोज कोरोना खोप चाहिन्छ । पूर्ववर्ती सरकारले ९७ लाख किनेको थियो । अहिलेसम्म ४२ लाख खोप उपलब्ध गराइएको छ’, उनले भने, ‘हालसम्म ७५ लाख डोज खोप लगाइएको छ । नयाँ सरकार आएपछि खोपलाई अभियान तीव्र बनाएको छ ।’

राज्यमन्त्री श्रेष्ठले अबदेखि दैनिक एक लाख ५० हजारदेखि २ ला ५० हजारसम्म डोज लगाउने योजना रहेको बताए । ‘हामीलाई अहिलेसम्म १ करोड ८ लाख डोज प्राप्त हुने पक्का भएको छ’, उनले भने, ‘अहिलेसम्म उपलब्ध खोपले नेपाली ३३ प्रतिशत जनतालाई खोप लाउन सक्ने अवस्था छ । स्वास्थ्यमा आमुल परिवर्तन चाहिएको छ । अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनसमक्ष प्रस्तुत गर्छौं ।’

अहिलेसम्म भेरोसेलको ९ लाख डोज, एस्ट्राजेनिकाका ११ लाख र जेनसोनको २१ हजार मात्रा खोप स्थानीय तहमा पठाइएको पनि उनले बताएका छन् । श्रेष्ठका अनुसार केन्द्रको स्टोरमा एस्ट्रजनिका १ लाख २१ हजार डोजसहित स्टकमा रहेको पनि उनले बताए । श्रष्ठले अहिलेसम्म देशभर ९ सय भेन्टिलेटर प्रयोगमा आएको पनि बताए । उनले १८० थप गरिने पनि जानकारी दिए। सरकारी अस्पतालमा एचडियु बेड २ हजार थप भइसकेको बताए । अब १४ सय बेड थपिने पनि बताए ।