देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति कोइरालालाई प्रधानमन्त्री ओलीको श्रद्धाञ्जलि

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली केहीबेरअघि कोइराला निवास महाराजगन्ज गई कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सिपी मैनाली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत महाराजगन्ज पुगेका थिए ।

यसैबीच पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसहितका नेताहरुले कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यस्तै संवैधानिक निकायका प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरु पनि कोइराला निवास पुगी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

कोइराला निवास महाराजगन्जमा अहिले नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणको भीड लागेको छ ।

]]>