देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

देशान्तर

भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरो ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ।

इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो।

श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान पौने ६ बजेतिर पृथ्वीमा निगरानी राख्न ईओएस–३ प्रक्षेपण गर्न थालेको थियो।

नियन्त्रण कक्षका वैज्ञानिकहरुले उपग्रह प्रथम दुई चरणमा सामान्य रहेको र तेस्रो चरणमा क्रायोजेनिक इञ्जिनमा खराबी आएको बताएका छन्।