देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको पार्थिव शरीर काँग्रेस केन्द्रीय कार्यालयमा

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

पूर्व राष्ट्रपति डा रामवरण यादवले पार्टी कार्यालय सानेपा पुगी कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनको पार्थिव शरीरलाई नेपाली काँग्रेसको आकस्मिक बैठक बसेपछि पार्टीको झन्डा ओढाउने कार्यक्रम रहेको छ ।

कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको पार्टी केन्द्रीय कार्यालय सानेपामा भीड लागेको छ । स्व कोइरालाको पार्थिव शरीरलाई बिहान ८ः४५ बजे कोइराला निवास महाराजगन्जबाट शवयात्रा गरी पार्टी कार्यालय लगिएको हो ।

 

]]>