देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको नेतृत्वमा प्राप्त उपलब्धि कार्यान्वयन गर्नुपर्छ– यादव

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सङ्घीय गणतन्त्र नेपालको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय पुगेर स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी गरेर प्राप्त उपलब्धिलाई काँग्रेसले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, “प्राप्त उपलब्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्दा नै मुलुकले शान्ति र स्थायित्व प्राप्त गर्नाका साथै राजनीतिक निकास समेत पाउनेछ ।”

यसैबीच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि काँग्रेस कार्यालय सानेपा पुगेर कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

 

]]>