देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशीलको शान्त समाधी

देशान्तर

खिला कार्की 
नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री सुशील कोइरालाको सोमवार राती १२ वजेर ५० मिनेटमा निधन भएको छ । रातीको समयमा बिरामी परेको समेत जानकारी बिना नै कोइरालाको शान्त स्वर्गारोहण भएको छ । आम कांग्रेस नेता कार्यकर्ताहरु जिल्ला जिल्लामा जिल्ला अधिवेशनको चटारोमा रहेका बेलामा मध्यरातको कोइरालाको शान्त प्रस्थान भएको छ । हिन्दु संस्कारमा यस्तो मरणलाई राम्रो मानिन्छ । जिवनमा सधै शान्त स्वभावका कोइरालाको निधन समेत शान्त भयो । अस्पताल भर्ना भएर थलिएर कोइरालाले कसैलाई दुख दिएनन् ।

क्यान्सरलाई जितेर स्वस्थ्य बनेको कोइरालालाई अन्ततः मृत्युले छक्यायो भन्दा पनि हुन्छ । त्यसरी मृत्युले छक्याएर कोइरालाको स्वर्गारोहण शान्त बनाइदियो । क्यान्सरलाई जिते पनि कोइरालाको द्धिर्घरोग निमोनिया र छातिको समस्या भने कायम थियो । अन्ततः त्यही रोगले कोइरालालाई मृत्युको मुखमा पु¥यायो । 

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनको योगदान युगौँसम्म अविस्मरणीय रहनेछ । नेपाली जनताको २००७ सालदेखिको संविधानसभा मार्फत संविधान बनाउने चाहना कोइरालाको शान्त स्वभावका कारण उनकै नेतृत्वमा संभव भएको थियो । कोइरालालाई संविधानका पिता भन्दा पनि हुन्छ । कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले आफ्नो समाजिक संजालमा लेखेका छन् ‘नेपालको संबिधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु भएका स्वर्गीय कोइराला अन्तिम समयसम्म मधेश आन्दोलनको समाधानका निम्ति वार्ता र सम्बाद गरी समाधानको लागि हर प्रयत्न गरिरहनु भएको थियो ।’ 

हो रामचन्द्र पौडेलले लेखे जस्तै कोइरालाले आफ्ना लागि कहिल्यै केहि गरेनन् । मुलुकका लागि गरे । अन्तिम समयमा संविधान जारी गर्न शान्त रुपमा नेतृत्व गरेका  कोइराला संविधान जारी भएपछि पनि तराई मधेशमा देखिएको असंतुष्टी सम्बोधन गर्नका लागि हातमा आएको राष्ट्रपति पद समेत छोडेर प्रधानमन्त्रीको उमेदवार बनेका कोइरालाले त्यहाँ पनि शान्त स्वभाव प्रर्दशन गरे । प्रधानमन्त्रीको उमेदवार बन्दा कोइरालालाई सिंगो मुलुक लागेर अपमान गर्दा समेत कोइरालाले आफ्नो शान्त स्वभाव प्रर्दशन गरिरहे ।

त्यसरी शान्त स्वभाव देखाएर जिम्मेवार राजनीति गरेका कोइराला तराई मधेशको समस्या समाधान अथक प्रयत्न गरे तर करिब करिब तराई मधेशको समस्या समाधान हुनेगरि मधेशी मोर्चाले नाकामा धर्ना खोल्ने निर्णय पनि सुन्न पाएनन् । कोइरालाले संविधान जारी गर्न नेतृत्व गरे तर त्यही संविधानका कारणले तराई मधेशमा समस्या देखिएपनि उनले तराई मधेश समस्या समाधान गर्न हर प्रयत्न गरे तर मधेशको समस्या समाधान भएको हेर्न भने कोइरालाले पाएनन् । अर्को कोइरालाको मृत्यु जसरी आकस्मीक बन्यो कोइरालाको राजनीतिमा आगमन पनि त्यस्तै आकस्मीक थियो । २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेसंगै आकस्मिक रुपमा राजनीतिक यात्रा सुरू गरेका थिए । 
राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो भन्ने कोइराला पार्टीमा शान्त, सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए । कोइरालाले पार्टी संगठनमा लागेका सवैजसो कार्यकर्तालाई व्यक्तीगत रुपमा चिन्ने गर्दथे । कांग्रेस नेता कार्यकर्ताहरु नै भन्ने गर्दथे सुुशील दा पद्मकन्या, रत्राज्यको नेपाल बिद्यार्थी संघको इकाईमा रहेका काम गरेका कार्यकर्ता देखि जुम्ला हुम्लाको पार्टी संगठनमा रहेका नेता कार्यकर्ताहरुलाई समेत व्यक्तीगत रुपमा चिन्ने गर्दथे । 

 

]]>