देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने

देशान्तर

काठमाण्डौ – जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको प्रभावबारे संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरुले आज महत्त्वपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् ।

जलवायु परिवर्तनको वैज्ञानिक पक्षका बारेमा अध्ययन गरिएको प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल क्षेत्रमा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण हुने अपेक्षा छ ।

सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक हुन लागेको हो । अनियन्त्रित डढेलो तथा विनाशकारी बाढीका कारण विश्वका विभिन्न देश प्रभावित भइरहेका बेला जलवायु सम्बन्धी महत्त्वपूर्ण अध्ययनलाई निष्कर्ष दिन अनुसन्धानकर्ताहरु छलफलमा जुटेका थिए ।

आज सार्वजनिक हुने प्रतिवेदनले विश्वमा जलवायु परिवर्तनका बारेमा परेको प्रभावबारे गम्भीर चेतावनी दिने बीबीसीले जनाएको छ । प्रतिवेदनमा अमेरिका र क्यानडामा अत्यधिक गर्मी तथा जर्मनी, बेल्जियमसहित युरोपका देश तथा भारत, नेपाललगायत एसियाली देशमा भारी वर्षा र बाढीका घटनाहरु समेटिएका छन् ।