काठमाडौा – बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।
यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । प्रहरीले कुन धारा अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो भन्ने बारे पनि खुलाएको छैन । रुपसा प्रहरी थानाका अफिसर इन्चार्ज सरदार मोसर्रफले अहिले सो क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको बताए ।
रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले दुई पक्षबीच बहस भएको बताएका छन् । शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ । तर, दुवै अधिकारीले यसलाई गलत भनेका छन् । रुपसाका एक्जिक्यूटिभ अफिसरका अनुसार उनले यसबारे विवाद समाधान भइरसकेको र शनिबारको घटना योसँग नजोडिएको उनको दाबी छ ।
प्रतिक्रिया