देशभरका जेष्ठ नागरिकलाई आजबाट कोरोना विरुद्धको अस्ट्राजेनेका खोप दिइदैछ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्षभन्दा माथिका नागरिकलाई अष्ट्राजेनेका खोप दिन लागिएको हो ।
यो अभियानबाट झण्डै १४ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन् । भारतबाट ल्याईएको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकहरु झण्डै ५ महिनादेखि दोस्रो मात्राको प्रतिक्षामा रहेका छन् ।
सरकारले कोभिशिल्डको थप मात्रा ल्याउन नसकेपछि अष्ट्राजेनेका खोप दिन लागेको हो ।
बेलायती कम्पनी अष्ट्राजेनेकाकै भारतमा गरिएको उत्पादन कोभिशिल्ड हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
यो खोप भुटान सरकार र जापान सरकारबाट कोभ्याक्स सुविधा मार्फत अनुदान स्वरुप प्राप्त भएको हो । दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई अस्ट्राजेनेका खोप दिएपछि बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा गम्भिर प्रकृतिका विरामीहरुलाई दिइनेछ ।
प्रतिक्रिया