तालिबानले जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो कब्जामा लिएको छ ।
अफगानिस्तानमा निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको तालिबानले प्रान्तीय राजधानीमा नियन्त्रण गर्ने क्रम जारी राखेको छ । उत्तरी क्षेत्रको शबरगान शहर तालिबानको नियन्त्रणमा रहेको छ ।
यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो । ग्रामीण क्षेत्रमा प्रभाव रहेको तालिबानले शहरी क्षेत्रलाई पनि निशाना बनाइरहेको छ । सोही क्रममा शुक्रबार जारान्ज र शनिबार शबरगान नियन्त्रणमा लिएको हो ।
सरकारी सुरक्षा बलका लागि यो गम्भीर धक्का हो । अमेरिकीसहितका विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेका बेला तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेको छ ।
पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि तालिबानको निरन्तर दबाबमा छन् । ती क्षेत्रमा सरकारी सुरक्षा बललाई नियन्त्रण कायम गरिरहन गाह्रो परिरहेको छ ।
प्रतिक्रिया