देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरालाको आत्माको चिरशान्तिको कामना गर्दै शान्ति पाठ

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको आत्माको चिरशान्तिको कामना गर्दै सेतो गुम्बाका बौद्ध गुरुले बौद्ध परम्पराअनुसार शान्ति पाठ गरेका छन् । 

दशरथ रङगशालामा राखिएको कोइरालाको पार्थिव शरिर नजिकै वरिष्ठ गुरुहरुको सहभागितामा ‘शान्तक्रोध पाठ’का साथै मृत आत्मालाई पवित्रस्थान (सुखावती भुवन) मा बासहोस भनेर ‘मोलाम पूजा’ समेत गरेका थिए । 

सोही गुम्बाका प्रमुख छोकी ङीमा रिन्पोछेले सभापति कोइरालाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै आफ्ना विशेष प्रतिनिधि माफत् श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् ।  

सो अवसरमा बौद्ध गुरुहरु भिक्षु कृष्णमान, चुयु लामा, गुणसागरलगायतले शान्ति पाठ गरेका थिए । 

]]>