देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप ३१०६ मा कोरोना पुष्टि, २३ जनाले ज्यान गुमाए

देशान्तर

काठमाडौँ । नेपालमा थप ३१०६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २२८० र एन्टीजेन परिक्षणबाट ८२६ गरि कुल ३१०६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७५ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ५१७ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ९४ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३८० जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ९२६३ पिसिआर र ४२५६ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३५५ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार १०१ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार २५४ रहेका छन् । त्यस्तै अहिले नेपालमा ७०६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८५७ पुगेको छ ।