काठमाडौँ । टोकियो ओलम्पिकमा छैटौ दिन पदक जित्ने देशको संख्या ५९ पुगेको छ । त्यस्तै छैटौ दिन थप १७ स्वर्ण पदकसहित अहिलेसम्म ११२ स्वर्ण पदकको छिनोफानो भएको छ ।
छैटौ दिनको खेल सकिदा चीन र जापानले समान १५-१५ स्वर्ण पदक जितेका छन् । तर पदक तालिकामा चीन १५ स्वर्ण, ७ रजत र ९ काश्य पदकसहित कुल ३१ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै आयोजक जापानले १५ स्वर्ण पदकसहित ४ रजत र ६ काश्य पदक गरि कुल २५ पटक जितेर पदक तालिकामा दोस्रो स्थानमा कायम रहेको हो ।
त्यस्तै अमेरिका १४ स्वर्ण, १४ रजत र १० काश्य पदकसहित ३८ पटक जितेर तेस्रो स्थानमा छ । त्यस्तै रसियन ओलम्पिक कमिटीले ८ स्वर्ण, ११ रजत र ९ कश्य पदकसहित २३८ पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया पनि ८ स्वर्ण, २ रजत र १० कश्य पदकसहित २० पदक जितेर पाँचौ स्थानमा रहेको छ । त्यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर छैटौ स्थानमा छ भने दक्षिण कोरिया ४ स्वर्ण, ३ रजत र ५ काश्य पदक जितेर सातौ स्थानमा रहेको छ ।
त्यस्तै फ्रान्स ३ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेर आठौ स्थानमा छ भने जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ काश्य पदक जितेर नवौ स्थानमा रहेको छ । त्यसैगरी इटालीले २ स्वर्ण ७ रजत र १० काश्य पदक जितेर दशौ स्थानमा उक्लिएको छ । त्यसैगरी नेदरल्यान्ड्स २ स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेर १०औ स्थानमा रहेको छ । त्यस्तै क्यानडाले २ स्वर्ण ३ रजत र ५ काश्य पदक जितेको छ भने हंगेरीले २ स्वर्ण १ रजत र २ काश्य पदक जितेको छ ।
त्यसैगरी स्लोभेनियाले २ स्वर्ण एक रजत र एक काश्य पदक जितेको छ भने कोसोभोले २ स्वर्ण पदक जितेको छ । त्यस्तै ब्राजिलले एक स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ भने स्वीट्जरल्याण्डले एक स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी रोमानियाले एक स्वर्ण र ३ रजत पदक जितेको छ भने चाइनिज ताइपेइले एक स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ ।
त्यस्तै चेक रिपब्लिक र न्यूजील्याण्डले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेका छन् भने जर्जियाले एक स्वर्ण र २ रजत पदक जितेको छ । त्यसैगरी सर्बियाले एक स्वर्ण एक रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रियाले एक स्वर्ण एक रजत र एक कश्य पदक जितेको छ । त्यसैगरी हङकङ र ट्युनिसियाले एक एक स्वर्ण र एक एक रजत पदक जितेका छन् भने आयरल्याण्ड, उज्वेकिस्तान र इस्टोनियाले एक एक स्वर्ण र एक एक काश्य पदक जितेका छन् ।
त्यस्तै बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिपिन्स, स्लोभाकिया र थाइल्याण्डले एक-एक स्वर्ण पदक जितेका छन् । त्यस्तै स्पेनले २ रजत र एक काश्य पदक जितेको छ भने दक्षिण अफ्रीकाले २ रजत पदक जितेको छ । त्यस्तै इन्डोनेसिया र मंगोलियाले एक एक रजत र २-२ काश्य पदक जितेका छन् भने बेल्जियम र डेनमार्कले एक एक रजत र एक एक काश्य पदक जितेका छन् ।
त्यसैगरी बुल्गेरिया, कोलोम्बिया, भारत, जोर्डन, नर्थ मेसेडोनिया, पोल्याण्ड, तुर्किमिनिस्तान र भेनेजुएलाले एक एक रजत पदक जितेका छन् । त्यस्तै युक्रेनले ४ काश्य पदक जितेको छ भने काज्खास्तानले ३ काश्य पदक जितेको छ । त्यसैगरी इजिप्ट, मेक्सिको र टर्कीले २-२ काश्य पदक जितेका छन् भने अर्जेन्टिना, आइभरी कोष्ट, क्युबा, फिनल्याण्ड, इजरायल, कुवेत, पोर्चुगल र सान मारिनोले एक एक काश्य पदक जितेका छन् ।
प्रतिक्रिया