देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कपिलवस्तु काँग्रेसमा संस्थापनका आचार्य विजयी

देशान्तर

कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको निर्वाचनमा सुरेन्द्रराज आचार्य विजयी भएका छन् । निर्वाचनको मतगणनाअनुसार विजयी बन्नु भएका नेपाली काँगे्रसका सभापति आचार्यले ५५६ मत र प्रतिद्धन्दी राजुप्रसाद अर्यालले ३३६ मत प्राप्त गरेका थिए ।

यसैगरी सो निर्वाचनबाट सचिवमा महेन्द्र पाठक र कोषाध्यक्षमा शोहरत तेली विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाबाट प्राप्त परिणामअनुसार विजयी बनेका उम्मेदवारलाई निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गरेको छ । नवनिर्वाचित सभापति सुरेन्द्रराज आचार्यले जिल्लाका सबै नेता कार्यकर्ताको भावनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाए ।

निर्वाचनमा कूल ९६३ जना मतदाता रहेको मा ९५० जनाले मतदान गरेका थिए ।  यसअघि जिल्लामा सम्पन्न क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं. १ मा केशव श्रेष्ठ, क्षेत्र नं. २ मा अब्दुल मन्नान खाँ, क्षेत्र नं. ३ मा गिरिजेश पाण्डेय, क्षेत्र नं. ४ मा राजेश्वर सिंह र क्षेत्र नं. ५ मा अकिल मियाँ क्षेत्रीय सभापतिमा निर्वाचित भइसकेका छन् । 

 

]]>