देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले खिल्ली चुरोट बिक्रीमा प्रतिबन्ध लगायो

देशान्तर

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्री बितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ।

स्वास्थ्य मन्त्रधालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्रीवितरण गरेको पाइए १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो।

स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरित कसैले खिल्ली चुरोट बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए।  सवैभन्दा पहिले यसबारे जनचेतना फैलाउने तयारीमा मन्त्रालय रहेको उनले बताए।

उनले दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्रिवितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्ने उल्लेख छ।   अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। 

]]>