भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा रेलले बसलाई ठोक्दा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको हो ।
प्रहरीका अनुसार हरियाणाको पलवलबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले रातिदेखि सडक किनारमा रोकेर राखेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।
अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया