काठमाडौ । नेपाली कांग्रेसको १३ औँ महाधिबेसनमा प्रतिनिधिहरुलाई खसीको मासु र माछा सहितको भोजन गराइने भएको छ ।कांग्रेसले महाधिबेसको अवधिभर आठ छाक खसी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको छ ।
महाधिवेशन तयारीका लागि गठित आवास समितिले प्रतिनिधीलाई खुवाउने मेनु समेत तयार पारेको छ । मेनु अनुसार महाधिवेसनमा खाना खाजा खुवाउन टेन्टर आवाहन समेत गरेको छ । समितिले तयार गरेको मेनुमा ३ हजामर ७ सय महाधिवेसन प्रतिनिधीहरुलाई खुवाइने आठ छाक मध्ये चार छाक खसीको मासु र चार छाक कुखुराको मासु तथा माछा खुवाउने उल्लेख छ ।
समितिले मेनु अनुसार खाना खुवाउन टेन्डर समेत आहृवान गरिसको छ । राजधानी दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया