देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव घालीको निधन

देशान्तर

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बुत्रोस बुत्रोस घालीको निधन भएको छ । उनी ९३ वर्षका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उनको निधनको पुष्टि गरेको हो ।

परिषद्का वर्तमान अध्यक्ष तथा भेनेजुएलाका संयक्त राष्ट्रसंघका राजदूत राफेल रामेरोजले यमनमा मानवीय संकटको बैठक जारी रहदा घालीको निधनको घोषणा गरेका हुन् । सुरक्षा परिषद्का १५ सदस्यले घालीइको सम्मानमा श्रद्धान्जी  जनाएका छन् ।  

इजिप्टका राजनेता घाली संयुक्त राष्ट्रसंघका छैटौं महासचिव थिए । घाली जनवरी १९९२ बाट डिसेम्बर १९९६ सम्म संयुक्त राष्ट्रसंघको उच्च पदमा रहेका थिए ।  उनी संयुक्त राष्ट्रसंघमा महासचिव बन्ने पहिलो अरब नेता थिए ।

]]>