काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज काठमाडौं जिल्ला सभापति पदका लागि निर्वाचन हुँदैछ । यसअघि तोकिएको माघ २५ गते उदघाटन गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भएको अवस्थामा सभापति सुशील कोइरालाको आकस्मिक निधान भएका कारण रोकिएको थियो ।
जिल्ला निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान भृकुटीमण्डपमा ९ बजेदेखि १२ बजेसम्म मतदान हुदैछ । काठमाडौं कांग्रेसको सभपातिमा अहिलेका सभापति भीमसेनदास प्रधान र सुबुज बाँनिया प्यानल बनाएर उमेदवार बनेको छ ।
बाँनियाको प्यानलबाट सचिव पदमा राजकुमार नकर्मी र प्रधानको प्यानलबाट अर्जुन पराजुलीसँगै कीर्तिपुरकै युवा नेता प्रणयसिंह मुन्नाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।
]]>
प्रतिक्रिया