देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन दल–मधेसी मोर्चा कार्यदल वार्ता कार्यविधिमै अल्झियो

देशान्तर

काठमाडौं । सीमांकन विवाद सुल्झाउन राजनीतिक संयन्त्र गठन गर्न भनी बसेको तीन दल–मधेसी मोर्चा कार्यदल वार्ता कार्यविधिमै अल्झेको छ । बुधबार अपराह्न सिंहदरबारमा करिब एक घण्टा चलेको बैठकमा तीन दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, कांग्रेस नेता महेश आचार्य र एमाओवादी महासचिव कृष्णबहादुर महराले माघ पहिलो सातासम्म भएको छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

तीन दलले मोर्चासँग कार्यविधिको वैकल्पिक भाषा प्रस्ताव गर्दै ‘तराई–मधेस, पहाड, हिमाल लगायत देशका विभिन्न भौगोलिक क्षेत्रहरुमा देखिएको सीमांकन समस्या संयन्त्रले सम्बोधन गर्नेछ’ लेखिनुपर्ने बताए ।

मोर्चा कार्यदल सदस्यले भने प्रस्तावित संयन्त्रको कार्यविधिमै ‘मधेसमा दुई प्रदेश हुनेगरी’ वाक्यांश लेखिनुपर्ने अडान लिएका छन् । त्यस वाक्यांशप्रति तीनै ठूला दलको असहमति रह्यो । कान्तिपुर दैनिकमा समाचार छ।

]]>