देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस १३ औं महाधिवेशनको नारा: सुशीलको नेतृत्वमा बनायौँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि सभपाति सुशील कोइरालालाई केन्द्रमा राखेर मूल नारा तय गरेको छ।  काँग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको बुधबार बसेको बैठकले सो नारा तय गरेको समितिले जनाएको छ। काँग्रेसका स्व सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित काँग्रेस अब मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने नीतिलाई अँगाल्दै सो नारा तय गरेको समितिका संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिए।

 समितिले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । बैठकले वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कविर राणाको संयोजकत्वमा मिडिया सेन्टर, कृष्ण केसीको संयोजकत्वमा प्राविधिक, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरेको समितिका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।

उपसमितिमा संयोजकले आवश्यकता र विज्ञताअनुसार सदस्य मनोनयन गर्नेछन् ।  वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवम् सदस्यसहितको आजको छलफलमा समितिले महाधिवेशनको सूचना शीघ्र सञ्चारमाध्यमलाई सहज तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ। समितिमा संयोजक रिजाल, सदस्य पाण्डेका साथै अन्य केन्द्रीय सदस्य अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे सदस्य छन्र। काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ।  

]]>