काठमाडौँ । टोकियो ओलम्पिकमा पहिलो दिन ११ स्वर्ण पदकको खेल भएका छन् । ओलम्पिकको पहिलो दिन चीनले सबैभन्दा बढी ३ स्वर्णपदक जितेको छ । चीनले ३ स्वर्ण र एक काश्य पदकसहित कुल ४ पदक जितेको छ ।
चीनले टोकियो ओलम्पिकको पहिलो स्वर्ण पदक समेत जितेको छ । सुटिंग खेलाडी कियान याङले पहिलो स्वर्ण पदक जितेकी हुन् । महिला १० मिटर राइफल सुटिङ प्रतिष्पर्धामा चीनकी २१ बर्षिय कियानले शनिबार टोकियो ओलम्पिकको पहिलो स्वर्ण पटक जितेकी हुन् । कियानले समग्रमा २५१.८ स्कोर बनाउदै ओलम्पिकको किर्तिमान समेत बनाएकी छन् ।
त्यसैगरी पहिलो दिन इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक एक स्वर्ण पदक जितेका छन् । त्यस्तै पहिलो दिन इटाली, जापान, रसिया, सर्बिया, बेल्जियम, स्पेन, भारत, नेदरल्यान्ड्स, रोमानिया, चाइनिज ताइपेइ र ट्युनिसियाले एक एक रजत पदक जितेका छन् ।
त्यस्तै गरि दक्षिण कोरियाले पहिलो दिन २ काश्य पदक जितेको छ भने चीन, रसिया, सर्बिया, इस्टोनिया, फ्रान्स, इन्डोनेसिया, इजरायल, कजाकिस्तान, मेक्सिको, मंगोलिया, स्लोभेनिया, स्वीट्जरल्याण्ड र युक्रेनले एक एक काश्य पदक जितेका छन् । यसरी पहिलो दिन १९ देशले पदक जितेका छन् ।
प्रतिक्रिया