देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिक : आजदेखि नेपालका खेल सुरु हुँदै

देशान्तर

काठमाण्डौ – टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह ९एलेक्स०ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन हिजो भएको हो ।

जापानको राजधानी टोकियोमा हिजो विशेष समारोहकाबीच उद्घाटन गरिएको हो । सङ्क्रमण जोखिमकै कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष जोड दिइएको छ । दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुँदैछन् ।