देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार स्थानबाट लिन सकिने

देशान्तर

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अब चार स्थानबाट लिन सकिने भएको छ । एकै ठाँउबाट सेवा प्रवाह गर्दा भीडभाड भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाका चार स्थानबाट प्रमाणपत्र उपलव्ध गराउने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीमा जानको लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएपछि केही दिनदेखि प्रमाणपत्र लिनेहरुको भीडभाड बढिरहेको छ । अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनमा रहेको सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिन सकिने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली तथा कुटनीतिक नियोगका प्रतिनिधिका लागि यो सेवा उपलब्ध गराइएको उनको भनाइ छ । मन्त्रालयले यसअघि खोप लगाएको प्रमाणपत्र टेकुस्थित शुक्रराज अस्पतालबाट मात्रै उपलब्ध गराउँदै आएको थियो। एउटा प्रमाणपत्रका लागि घण्टौँ लाइन बस्नु पर्ने भन्दै आलोचना भएपछि सरकारले चार ठाउँबाट सेवा उपलब्ध गराएको हो ।