देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी मन्त्रिपरिषद् विस्तार : कांग्रेस र माओवादीबाट ६ मन्त्रीको टुंगो लाग्यो

देशान्तर

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ ।

कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विक मन्त्री बन्ने भएका छन् । माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ ।