देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेडिकल काउन्सिलले ४० वर्ष उमेर कटेका पाइलटको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने

देशान्तर

काठमाडौँ – मेडिकल काउन्सिलले ४० वर्ष उमेर कटेका पाइलटको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने भएको छ । काउन्सिलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पाइलटको स्वास्थ्य परीक्षण विषय विज्ञसँग गराउन पनि निर्देशन दिएको छ ।

विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण सम्बन्धित विषयको काउन्सिलमा दर्तावाला चिकित्सकसँग गर्नुपर्ने काउन्सिलले जनाएको छ । विज्ञ चिकित्सकको आवश्यक परेमा काउन्सिलसँग सम्पर्क गर्न काउन्सिलले आग्रह गरेको छ ।

वरिष्ठ क्याप्टेन राकेश राणाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई कारबाही गर्न उनकी श्रीमती पुष्पा राणाले डा। ऋषि खत्रीको नाममा उजुरी हालेकी थिइन् । उनले २०७७ चैत ४ गते काउन्सिलमा निवेदन दिएकी थिइन् ।

काउन्सिलको छानबिनमा चिकित्सकको गल्ती भेटिएको थियो । एक वर्षसम्म मुटु रोग विशेषज्ञको काम गर्न नदिने, एक वर्ष तालिम गरेको प्रमाण र थप सिकाइ गरेको प्रमाण भएमा काम गर्न दिइने काउन्सिलले बताएको छ ।