देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति कोइरालाको सम्झनामा आज श्रद्धाञ्जलि सभा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले सभापति सुशील कोइरालाको १३ औं दिनको पुन्यतीथिमा आज रत्नपार्क स्थित शान्तिबाटीकामा श्रद्धान्जलिसभाको आयोजना गर्दैछ । राजधानीमा शान्तिबाटीकामा श्रद्धाञ्जलि सभाको आयोजना गर्नेछ भने देशभरका जिल्ला समिति, भातृ तथा शुभेच्छुक संस्था बिदेशस्थीत जनसम्पर्क समितिलाई समेत श्रद्धान्जलि सभाको आयोजना गर्नका लागि कांग्रेसले निर्देशन दिएको छ ।

सभापति कोइरालाको श्रद्धान्जलिसभामा सुशीलको नेतृत्वमा बनायौ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने महाधिवेशनको मूल नारा तय गरेको प्रचार समितिका संयोजक डा मिनेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार श्रद्धान्जलिसभा दिउसो १ वजे हुनेछ । सभामा कार्यबहाक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा लगायतकाका नेता गणको सहभागिता रहने बताइएको छ । 

यसैबीच, सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको तेह्रौँ पुण्य तिथिको अवसरमा शनिवार हिन्दू परम्पराअनुसार शुद्ध शान्ति गरियो । महाराजगञ्जस्थित डा शशाङ्क कोइरालाको निवासमा शनिवार कोइरालाको तेह्रौं दिन गरिने धार्मिक कर्म सम्पन्न भएको हो । संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सातदशक लामो इच्छा कोइरालाकै प्रधानमन्त्रीत्वकालमा विसं २०७२ असोज ३ गते पूरा भएको थियो । नेपालको राजनीतिमा सादगी राजनेताको परिचय बनाउनुभएका कोइरालाको विसं २०७२ माघ २६ गते विहान असामयिक निधन भएको थियो । क्यान्सरलाई जितेर नया“ जीवन पाउनुभएका कोइरालाको निमोनियाका कारण दुःखद निधन भएको थियो ।

सभापति कोइरालाको काजकिरियामा उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइराला बसेका थिए । शुद्ध शान्तिको धार्मिक कृत्य सकी आजै मलामीलाई तेह्रौँ दिनको प्रसाद वितरण भएको कोइरालाका भाञ्जा रमेश शर्मा भण्डारीले जानकारी दिए । कांग्रेस  कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, पार्टीका पदाधिकारी एवम् कांग्रेस नेता कार्यकर्तालगायत सर्वसाधारणको महाराजगञ्जमा उपस्थिति थियो ।

 

]]>