भीमदत्तनगर । नेपाली काँग्रेस दार्चुलाको जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । सोमबार राती सम्पन्न मतगणनाअनुसार बोहरा कुल २४७ मत प्राप्त गरी पहिलो चरणमै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका लागि छजना प्रतिस्पर्धी रहेको दार्चुला काँग्रेसमा कुल ४१४ मतमध्ये ४०९ मत खसेका थिए । यसैगरी सभापति पदका उम्मेदवारहरु मदन गिरी ५० मत, नरेन्द्र सिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु कस्यव १८ र गौरीशङ्कर गिरीले १२ मत प्राप्त गरे ।
सोमबार कार्यसमितिका अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको र सोको परिणाम आज आइपुग्ने काँग्रेस दार्चुलाले जनाएको छ । दार्चुला काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला हो ।
]]>
प्रतिक्रिया