देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरा एयरको विमान दुर्घटनाग्रस्त फेला

देशान्तर

म्याग्दी । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको जहाज म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको जहाज दानाको सोले घोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमानमा चालकदलका तीन सदस्यसहित २३ जना यात्रु थिए ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले उक्त विमानलाई सम्पर्कबिहीन भएको झण्डै पाँच घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी प्रमुख खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ उद्धारको लागि प्रस्थान गरेको छ । म्याग्दीको दानाबाट दुर्घटनाग्रस्त क्षेत्रमा पुग्न पैदल झण्डै चार घण्टा लाग्छ  ।

 

]]>