देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

देशान्तर

काठमाडौं – स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, डा। दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा। पोखरेल, डा। सिंह र श्रेष्ठको नाम क्रमशस् पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

समितिको सिफारिसपछि सम्भवत अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिवको टुंगो लगाउने छ ।

तत्कालिन स्वास्थ्य सचिव डा‍। पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए ।

प्रतिस्पर्धामा रहेका तीन जनामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ ।