देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी खाेप जाेन्सन आजदेखि लगाउन शुरु

देशान्तर

कोरोनाविरुद्धको अमेरिकी खोप आजबाट लगाइँदै छ ।

अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका व्यक्तिलाई आजदेखि लगाउन शुरु गरिने छ ।

आज उक्त खोप काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्र तथा खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुका तोकिएका खोपकेन्द्रबाट लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क र ख वर्ग) लाई प्राथमिकताका साथ लगाइने छ ।

साथै नेपालमा बसोबास गरिरहेका शरणार्थी र सरफाइकर्मीहलाई सो खोप लगाइँदै छ । यो खोप आजदेखि ६ गतेसम्म ३ दिन मात्र लगाइनेछ ।

अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज नेपाललाई दिएको हो ।

यो खोप एक मात्रा मात्रै लगाउनु पर्ने छ ।