देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

देशान्तर

काठमाडौं । उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएराति सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

मौका परीक्षामा सहभागी भएका ४७ हजार ६ सय १० परीक्षार्थीमध्ये ४१ हजार १ सय ५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने परिषद्ले जनाएको छ ।

यसैगरी मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने परिषद्ले जनाएको छ ।

]]>