देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-२० क्रिकेट विश्वकपमा भारत र पाकिस्तान एकै समुहमा

देशान्तर

काठमाडौँ – टी-२० विश्वकपमा चीरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान एकै समुहमा परेका छन् । आगामी अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने टी-२० विश्वकपको सुपर १२ को समुह २ मा भारत र पाकिस्तान सँगै परेका हुन् ।

टी-२० विश्वकप दुई चरणमा हुने छ । पहिलो चरणमा ८ देश खेल्ने छन् । जसमा समुह ए मा श्रीलंका, आयरल्याण्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । त्यस्तै समुह बी मा बंगलादेश, स्कटल्याण्ड, पपुवान्युगिनी र ओमान रहेका छन् । दुवै समुहबाट शिर्ष २-२ टिम सुपर १२ मा प्रवेश गर्ने छन् ।

सुपर १२ को समुहको १ मा इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र पहिलो चरणमा समुह ए को विजेता र समुह बि को उपविजेता टिम रहेका रहेका छन् । त्यस्तै समुह २ मा भारत र पाकिस्तानसँगै न्यूजील्याण्ड, अफगानिस्तान र पहिलो चरणको समुह बी को विजेता र समुह ए को उपविजेता टिम रहेका छन् ।