देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

देशान्तर

काठमाडौँ – काठमाडौँमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । खोप सकिएपछि अहिले चलिरहेको खोप लगाउने कार्यक्रम स्थगित भएको काठमाडौँका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

गएको २९ गतेदेखि साउन २ अर्थात् भोलिसम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।