देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

देशान्तर

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो ।

बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो ।

नदीमा खोजतलास गर्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ ।