काठमाडौं । कांग्रेस महाधिवेशनको लागि गठित भोजन तथा आवास समितिले राजधानीका ५०० भन्दा बढि होटल बुक गर्ने भएको छ । बल बहादुर केसी संयोजक रहेको समितिले महाधिवेशनका लागि धमाधम होटल बुक गरिरहेको हो ।
महाधिवेशनमा भाग लिने ३ हजार २०० प्रतिनिधी राख्न सुद्यधारा, ठमेल, बागबजार, र गौशालाका होटल व्यवस्थापनको काम भइरहेको संयोजक केसीले जानकारी दिए । ‘३२ सय प्रतिनिधीहरु राख्न होटलहरु बुक गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ केसीले भने, ‘प्रतिनिधी, पर्यवेक्षक, स्वयंमसेवकसहित ४ हजार जनालाई खाना खुवाउनको लागि तीव्र रुपमा तयारी भइरहेको छ ।
प्रतिनिधी राख्न उपत्यकामा ५–६०० होटल बुक हुनेछन् ।’ कारोबार दैनिकमा खबर छ ।
]]>
प्रतिक्रिया