काठमाडौँ । नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकह यहाँ आउने भएका छन् ।
विहारका मुख्यमन्त्री नितीश कुमार, बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला लगायत महाधिवेशनमा सहभागी हुने काँग्रेस अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले बताइन् ।
महाधिवेशनमा लाओस, कम्बोडिया तथा भारतका विभिन्न दलका नेताले पनि महाधिवेशनमा सहभागिता जनाउने जानकारी दिएको उनले बताइन् । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेता लगायत नेपाली काँग्रेसका शुभेच्छुक प्रतिनिधि राजधानी आउने नेत्री कोइरालाले जानकारी दिइन् । काँग्रेसको महाधिवेशन यही फागुन २० गतेदेखि यहाँ हुँदैछ ।
]]>
प्रतिक्रिया