देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस’ भेरियन्ट

देशान्तर

काठमाडाैं । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट डेल्टा प्लस फेला परेको छ । अस्पतालले विज्ञप्ति निकाल्दै तेस्रो भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

अस्पतालको प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका ४ वटा नमुनाहरुलाई राष्ट्रिय जनस्वास्थ्इ प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएकोमा एउटा नमुनामा तेस्रो भेरियन्ट भेटिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘३ वटा स्वाबका नमुनामा Delta (B.617.2) र बाँकी १ वटा नमुनामा Delta Plus (B.617.2) +K417N प्रमाणित भएको जानकारी गराइन्छ ।’

कोरोना संक्रमणको पहिलो लहरमा भेटिएको भेरियन्टलाई अल्फा, दोस्रोमा भेटिएको भेरियन्टलाई डेल्टा र तेस्रोमा भेटिएको भेरियन्टलाई डेल्टा प्लस भनिन्छ । पहिलो र दोस्रो भेरियन्टको तुलनामा तेस्रो भेरियन्ट ६० देखि १०० प्रतिशतसम्म बढी संक्रमक रहेको अध्ययनहरुले देखाएका छन् ।

परीक्षणका क्रममा तेस्रो भेरियन्ट प्रमाणित भएपछि अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत सबै जनालाई विज्ञप्तिमार्फत आह्वान गरेको छ ।