देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने

देशान्तर

काठमाडाैं । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप शुक्रबारसम्म नेपाल पठाउन लागेको हो ।

बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउन लागेको समाचार प्रकाशन गरेको छ । अमेरिकाले भुटानलाई मोडेर्ना कम्पनीको ५ लाख डोज खोप पठाउन लागेको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकाले यसअघि कोभ्याक्स सुविधामार्फत नेपालसहितका विभिन्न देशलाई खोप उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कहिले र कति डोज पठाउने भन्ने यकिन भइसकेको थिएन । अमेरिकाले यसअघि बंगलादेश र पाकिस्तानलाई २५२५ लाख डोज खोप उपलब्ध गराएको थियो ।