देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका विभिन्न जिल्लमा पहिरोको उच्च जोखिम

देशान्तर

काठमाण्डौ– निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ ।

रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया तथा कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, कालीकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा पनि बाढीको खतरा रहेको छ ।