देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस १३ औँ महाधिवेशनः कहाँका प्रतिनिधिलाई कुन होटलमा, सम्पर्क नम्बरसहितम

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा आउने प्रतिनिधीलाई बस्नका लागि  काँग्रेसले काठमाडौंमा १ सय २५ वटा होटल बुकिङ्ग गरेको छ । आवास तथा भोजन समितिले काठमाण्डौको ठमेल, गौशाला, सुन्धारामा प्रतिनिधीहरलाई बस्ने व्यवस्था गरेको हो ।

महाधिवेशनमा आउने ३ हजार १ सय प्रतिनिधीलाई बस्नका लागि जिल्ला अनुसार होटलको व्यवस्था गरिएको आवास तथा भोजन समितिका संयोजक बल बहादुर केसीले बताए । ‘प्रतिनिधीहरुलाई कहाँ कहाँ बस्ने भन्ने समस्या नहोस भनेर होटलको व्यवस्था गरीसकेका छौँ’ केसीले रातोपाटीसंग भने ‘प्रतिनिधीहरुका लागि सुन्धरा, ठमेल गौशाला र स्वयंसेवीको लागि बाघबजारमा व्यवस्था गरिएको छ ।’
 

कुन जिल्ला कहाँ 

ठमेलमा नुवाकोट, धादिङ्ग, चितवन, रुपन्देही, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, काँस्की, लम्जुङ्ग, रसुवा, बाग्लुङ्ग, मनाङ्ग, म्याग्दी, स्याङ्गजा, मुस्ताङ्ग, पाल्पा, अर्घाखाँची, नवलपरासी, पाँचथर, गुल्मी, रुकुम, बर्दिया र दोलखाका लागि व्यवस्था गरीएको छ । त्यहाँ २६ वटा होटलको व्यवस्था छ ।
गौशालामा धनुष, सिराहा, मोरङ्ग, संखुवासभा, धनकुटा, ताप्लेजुङ्ग, झापा, सर्लाही, ईलाम, सिन्धुली, सुनसरी, भोजपुर, खोटाङ्ग, ओखलढ्ंगा, तेह्रथुम, उदयपुर र मेछाप र महोत्तरी गरी १९ जिल्लाका प्रतिनिधी राख्ने व्यवस्था गरिएको छ । त्यहाँ १८ वटा होटल बुकिङ्ग गरीएको छ ।
सुन्धारामा कपिलबस्तु, सुर्खेत, कैलाली, कालीकोट, जुम्ला, मुगु, डोल्पा, दैलेख, बझाङ्ग, जाजरकोट, बाजुरा, सल्यान, अछाम, प्युठान, रोल्पा, दार्चुला, डडेल्धुरा, बारा, बर्दिया र बाँकेका प्रतिनिधी राख्ने व्यवस्था गरीएको छ । यहाँ ५२ वटा होटल बुकिङ्ग छन् ।
बागबजारमा सोलुखुम्मुका प्रतिनिधी र स्वयंसेवकका लागि भनेर २ वटा होटल बुकिङ्ग भएका छन् ।

एटेच बाथरुम र टिभि सहितको  कोठा
प्रतिनिधीहरुलाई बस्न समस्या नहोस् भनेर एटेच बाथरुम सहितको कोठाको व्यवस्था काँग्रेसले गरेको छ । ‘होटलको शुल्क एउटै नहुहने हुँदा ८ देखि १२ सय सम्मको कोठा व्यवस्था गरिएको छ’ समितिका सचिव महेन्द्र भण्डारीले भने ‘पार्टी कार्यालय, सम्पर्क कार्यालयमा को कहाँ बस्ने भनेर नामावली टाँसिएको छ ।’ उनका अनुसार कोठा सकेसम्म एटेच, टिभी सहितको हुने छ ।

उपत्यका प्रतिनिधीका लागि व्यवस्था छैन

अन्य सबै जिल्लाका लागि आवासको व्यवस्था गरीएपनि काठमाण्डौ, ललितपुर र भक्तपुरका पार्टी कार्यकर्ताको लागि भने पार्टीले व्यवस्था गरेको छैन ।
पाँच दिनसम्म बस्ने व्यवस्था
काँग्रेसले प्रतिनिधीलाई पाँचदिनसम्म होटलमा बस्न पाउने व्यवस्था गरेको छ । आज (बुधबार) साँझदेखि सोमबारसम्म उनीहरु पार्टीले व्यवस्था गरिदिएको होटलमा बस्ने छन् । त्यसभन्दा बढी बस्नुपरेको अवस्थामा भने प्रतिनिधी आफैले व्यवस्था गर्नुपर्ने छ ।
खाना नास्ता भृकृटीमण्डपमा

प्रतिनिधीहरुलाई खाना नास्ताको व्यवस्था भने महाधिवेशनस्थल भृकुटिमण्डपमै गरीएको सचिव भण्डारीले बताए । उनीहहरुलाई दिनभरीजसो चियाको व्यवस्था हुने छ । ‘ भृकुटीमण्डपमा बिहान ७ देखि साँझ ७ सम्म चिया कफी पानीको व्यवस्था हुने छ ’ भण्डारीले भने ‘बिहान खाजा, अनि साँझ र बिहान खाना यही हो पार्टीले व्यवस्था गरेको ।’ बिभीन्न होटलमा बस्नेहरु बिहान खाजाखाने गरी भृकुटीमण्डप पुग्नेछन र साँझ खानाखाईवरी होटलमा सुत्नका लागि फर्कनेछन् ।
खानाको व्यवस्था २० गतेदेखिमात्र 
आजै साँझदेखि पार्टीले व्यवस्था गरेको होटलमा बसेपनि आज साँझको खाना आफै व्यहोर्नुपर्ने छ । भोली (बिहीबार) बिहानदेखि मात्र प्रतिनिधीलाई खाजा खानाको व्यवस्था गरिएको काँग्रेसले जनाएको छ । बासको सुविधा नपाएका काठमाण्डौ, ललितपुर, भक्तपुरका प्रतिनिधीका लागि पनि पार्टीले खानाको भने व्यवस्था गरेको छ ।

]]>