काठमाडौँ – पाल्पामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। ५ वटा घर पुर्दा अरु ७ जना घाइते भएका छन्।
बिहीबार बिहान ४ बजेतिर पाल्पाको तिनाउँ गाउँपालिका ५ गिट्टिखानी स्थित राजमार्ग छेउका घरहरु पुरिएका हुन्। पहिरोमा पुरिएर ४५ वर्षीया वीरबहादुर गुरुङको मृत्यु भएको हो।
पहिरोमा ७६ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा गुरुङ, ५० वर्षीय बलबहादुर पुन, १५ वर्षीय दिपेश पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना घाइते भएका छन्।
उनीहरुमध्ये सुन्दरीको अवस्था गम्भीर रहेको र अरुको अवस्था समान्य छ। घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
पहिरोले बीरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरेको हो।
प्रतिक्रिया