काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् ।
दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको दाहालको नीजि सचिवालयले जनाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
अध्यक्ष दाहाल र नेता नेपालबीच कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया