देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मनीले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि खुला गर्ने

देशान्तर

काठमाडौं – जर्मनीले नेपालसहित अन्य तीन मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ । बुधबारदेखि लागु हुने यो नियम बेलायत, पोर्चुगल र रुसलाई पनि लागु हुने भएको छ । सबै डोज खोप लगाएका मानिसहरु जर्मनी पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ ।

खोप नलगाएकाले भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् । नेपालसहितका यी पाँच मुलुकलाई जर्मनीले अझै संक्रमित संख्या उच्च रहेको मुलुकको रुपमा राखेको छ ।