काठमाडौं– देशभर पछिल्लो समय ११ हजार पाँच सय २७ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।
कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार दुई सय ४८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
उपत्यकाभित्र काठमाडौंमा ३७८,भक्तपुरमा ६० र ललितपुरमा १२४ गरी कुल पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया